काठमाडौं — लक्जरी पाँचतारे हायात रिजेन्सी होटलले आफ्ना १३३ जना कर्मचारीलाई एकैपटक निष्कासन गरेको छ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा होटलमा भएको तोडफोड र क्षतिपछि हायातले यस्तो कठोर निर्णय लिएको हो।
होटलका महाप्रबन्धक आशिष कुमारले मंगलबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ —
“होटलको मर्मत–सम्भार कार्य सुरु भइसकेको छ।
यसका लागि आर्थिक स्रोत जुटाएर खर्च व्यवस्थापन गर्नुपर्ने भएकाले
सञ्चालनमा नरहेको अवस्थामा श्रमिकहरूलाई काममा लगाउन असम्भव भएको छ।”
त्यसैले होटलले मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ बमोजिम सबै श्रमिक कटौती गरेको जनाएको छ।
होटल व्यवस्थापनका अनुसार
श्रमिक व्यवस्थापनका वैकल्पिक उपायबारे ट्रेड युनियनहरूसँग पटक–पटक छलफल भए पनि
कुनै सहमति हुन नसकेपछि अन्ततः कर्मचारी कटौतीको निर्णय गर्नुपरेको हो।
भदौमा भएको जेन–जी आन्दोलनका क्रममा होटलमा तोडफोड र आर्थिक क्षति पुगेको थियो।
त्यही क्षतिको पुनःनिर्माण कार्य अहिले पनि जारी छ।
होटलले आफ्नो आय–स्रोत ठप्प भएको कारण देखाउँदै
संपूर्ण कर्मचारीलाई घर पठाएको बताएको छ।
श्रमिक प्रतिनिधिहरूले भने
“व्यवस्थापनले क्षणिक संकटलाई कारण देखाएर लामो समयदेखि काम गर्दै आएका कर्मचारीहरूलाई एकैपटक निकाल्नु अन्याय हो,”
भन्ने प्रतिक्रिया दिएका छन्।





