काठमाडौँ — काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)सँग निकट रहेका सचिवालय सदस्यहरूले अब नयाँ राजनीतिक दल दर्ता गर्ने कामलाई तीव्र बनाएका छन्।

‘उज्यालो नेपाल पार्टी’ नाममा कुलमान घिसिङसँग सहकार्य गर्ने तयारी भंग भएपछि बालेन टिम अहिले ‘देश विकास पार्टी’ नाम दर्ता गर्ने अन्तिम चरणमा पुगेको स्रोतहरू बताउँछन्।

बालेन सचिवालयका एक सदस्यका अनुसार—कुलमान घिसिङ पक्षले बालेन टिमका सदस्यहरूलाई बारम्बार नागरिकता र कागजात पठाउन भनिरहे पनि पार्टीको नाम, संरचना र भूमिका सम्बन्धी सहमति अन्तिममा बदलियो

यसपछि बालेन टिमले “विश्वास गर्न नसकिने” भन्दै सहकार्यबाट पूर्ण रूपमा ब्याक भएको खुलासा छ।

उक्त सदस्यले भने—“कुलमान दाइले अन्तिममा एकल निर्णय गर्न लागे। पारदर्शिता मिलेन, त्यसैले हाम्रो टोली फर्कियो।”

श्रोतका अनुसार लौरो चुनाब चिन्ह राखेर बालनको टिम अब आफै पार्टी दर्ता गर्ने तयारीमा जुटेको छ । श्रोत भन्छ दल दर्ताका कागजहरू तैयार अवस्थामा छन् र “सिनारियो हरेक घण्टा बदलिँदैछ, आज–भोलिमै ठोस निर्णय आउन सक्छ।
जेनजी आन्दोलनका युवाहरू जहाँ छन्, बालेन टिमले त्यही ध्रुवलाई प्राथमिकता दिनेछ।

स्रोतभन्छ—“जेनजी आन्दोलनको मर्म बोक्ने वैकल्पिक दल आवश्यक छ।किनकि कसैले पनि त्यो आन्दोलनलाई प्रतिनिधित्व गर्न सकेन।”

स्रोतहरूको अनुसार बालेनले आफू मेयरकै पाँच वर्षे कार्यकाल पुरा गर्ने अडान लिएका छन् प्रत्यक्ष चुनावमा अहिले नै नजाने मनसाय छ तर दललाई भने खुला र पूर्ण समर्थन दिनेछन्

“दल सचिवालयको सक्रियतामा बन्छ, तर बालेनको राजनीतिक समर्थन रहनेछ,”स्रोतले भन्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय