latest
रामेछाप सल्लेका सन्तोषको साउदीमा मृत्यु, शव नेपाल ल्याउन सहयोग गर्न परिवारको अपिल  ||    पोखरामा फेरी के हुदैछ यस्तो ? मुख्यमन्त्रीसम्मै पुग्यो कुरा  ||    आफ्नै छोरीको अश्लील भिडिओ फेसबुक स्टोरीमा राखेपछी…प्रहरीसामू दिए यस्तो बयान  ||    केहि गरि त्यो रात प्रहरी नपुगेको भए नेपालीको अरबौ स्वाहा हुने रहेछ  ||    हामी झोले हैनौ भन्दै एमाले कार्यकर्ताले नै दिए ओलीलाई काउन्टर  ||    गएरातिदेखि नै चल्न थाले सार्वजनिक यातायात  ||    भोलिदेखि सार्बजनिक यातायात चल्ने, यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता  ||    यो घर भित्र हुथ्यो यति ठुलो कारोबार, मासिक ८० हजार रुपैयाँसम्म तलब दिएर….  ||   
बुधबार , जेठ २२, २०८२

काठमाडौँ । पोजका लागि द्धलाई धक्का दिएको भन्दै बलिउड अभिनेता शाहरुख खानको आलोचना भइरहेको छ । स्विट्जरल्याण्डमा भएको ७७ औँ लोकार्नो फिल्म फेस्टिभलमा उनलाई करियर अचिभमेन्ट अवार्डले सम्मानित गरिएको थियो ।

उक्त अवार्डबाट सम्मानित हुने शाहरुख पहिलो भारतीय सेलिब्रेटी बनेका छन् । अवार्ड पाएपछि शाहरुखले दिएको भाषणले पनि फिल्म फेस्टिभलमा धेरैको मन जितेको थियो । तर त्यहाँबाट भाइरल भएको अर्को भिडियो हेरेर निटिजनहरूले शाहरुखको व्यापक आलोचना गरिरहेका छन् । भिडियोमा शाहरुख खानले एक वृद्धलाई धकेलेको देख्न सकिन्छ ।

भिडियो ७७ औँ लोकार्नो फिल्म फेस्टिभलको रेड कार्पेटमा सोलो पोज दिनु अघिको हो । फोटो खिचाउने क्रममा अभिनेताले एक वृद्धलाई आफ्ना दुवै हातले पछाडि धकेलेको भिडियोमा देख्न सकिन्छ । यति बेला उनको अनुहारमा हल्का मुस्कान पनि देख्न सकिन्छ । भिडियो हेर्दा शाहरुख खानले ठट्टा गरेको हो कि जस्तो लाग्छ । तर नेटिजनहरूले शाहरुखको त्यो व्यवहार मन पराएका छैनन् ।

‘शाहरुख खानले एक वृद्धलाई धक्का दिए । तिमीलाई त लाज लाग्नुपर्ने हो शाहरुख ।’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा एक प्रयोगकर्ताले शाहरुखको यो भिडियो शेयर गर्दै लेखेका छन् ।एक्स युजरहरूले यो भिडियोमा व्यापक टिप्पणी र गाली बर्साइरहेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय