लिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। ८९ वर्षीय धर्मेन्द्रलाई श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।
अस्पताल स्रोतका अनुसार, उनको अवस्था स्थिर नभएपछि भेन्टिलेटरमा राखिएको थियो र आगामी ७२ घण्टा जीवनका लागि अत्यन्त महत्वपूर्ण थिए। देओल परिवारका नजिकका स्रोतहरूले धर्मेन्द्रकी छोरीहरूलाई विदेशबाट मुम्बई बोलाइएको जानकारी दिएका छन्।
सोमबार राति धर्मेन्द्रका छोरा सन्नी देओल अस्पताल बाहिर निकै भावुक देखिएका थिए। अर्का छोरा बबी देओलले आफ्नो चलचित्र ‘अल्फा’ को छायांकन छोडेर मुम्बई फर्केर बुबासँग भेट गरेका थिए। शाहरुख खान, सलमान खान लगायत बलिउडका अन्य चर्चित हस्तीहरू पनि राति अबेर अस्पताल पुगेका थिए।
‘ही–म्यान’को उपनामले परिचित धर्मेन्द्रले ६ दशकभन्दा लामो फिल्मी करियरमा बलिउडमा अमिट छाप छोडेका छन्। उनको अन्तिम पर्दामा उपस्थिती डिसेम्बर २५ मा रिलिज हुने चलचित्र ‘इक्किस’ मा देखिनेछ।
धर्मेन्द्रको परिवारमा पत्नी हेमा मालिनी र ६ सन्तानहरू छन्—सन्नी देओल, बबी देओल, ईशा देओल, आहना देओल, अजिता र विजेता। बलिउड र समग्र फिल्म प्रेमीहरूका लागि यो क्षति अत्यन्त ठूलो बनेको छ।





