काठमाडौं महानगरपालिकाले ‘हाइ प्रोफाइल’ व्यक्तिहरूबाट अतिक्रमित जग्गा फिर्ता लिने रणनीति अघि बढाएसँगै सुकुम्बासी बस्तीमा हलचल बढेको छ। महानगरका अधिकारीहरूले हाल तत्काल डोजर चलाउने योजना नरहेको स्पष्ट पारेका छन्, तर राजनीतिकरण भने सुरु भइसकेको छ।

काठमाडौँ महानगरका सार्वजनिक जग्गाहरूमा लामो समयदेखि उच्च ओहोदाका व्यक्ति र व्यावसायिक संस्थाहरूको अतिक्रमण छ। महानगरले अहिले मुख्य ध्यान ‘हाइ प्रोफाइल’ व्यक्तिहरूले हडपेको सार्वजनिक जग्गा फिर्ता ल्याउनेमा केन्द्रित गरेको छ। प्राविधिक टोलीले फिल्डमा गएर अतिक्रमित जग्गाको मापन र पहिचान गरिरहेको छ। अधिकारीहरूका अनुसार सुकुम्बासी बस्तीमा बल प्रयोग गरेर डोजर चलाउने कुरा हल्ला मात्र हो।

सहरी विकास मन्त्रालयको प्राथमिकता सार्वजनिक जग्गा हडप्ने ठूला व्यक्ति र संस्थामा रहेको छ।

‘जेनजी मुभमेन्ट अलायन्स’ले महानगरको तयारीप्रति आपत्ति जनाउँदै वैकल्पिक समाधान नदिइ बस्तीमा डोजर नचलाउन चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ,”मौजुदा कानुन अनुसार प्रक्रिया पूरा नगरी बस्तीमा दबाब र भय सिर्जना गर्नु गलत छ।”
अभियान्ता र फ्रन्टकी संयोजकहरूले सुकुम्बासी समस्यालाई समाधानमुखी तरिकाले हेर्न महानगरसँग माग गरेका छन्।

सुपर विवादास्पद व्यवसायी दुर्गा प्रसाईं आइतबार मनोहरा सुकुम्बासी बस्तीमा पुगेर स्थानीयहरूसँग भड्काउ भाषण गरेका छन्। उनले मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने घोषणा गर्दै मंसिर ७ बाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ’ अभियान सुरु हुने बताए।

प्रसाईंले बस्तीका स्थानीयलाई चेतावनी दिँदै भने कि ‘लछारपछार’ गर्नेको परिवार पनि त्यस्तै गर्नु पर्नेछ, साथै उनले राजनीतिक दल र बालेनमाथि ठेगान लगाउने धम्की समेत दिएका छन्।

उनी सुकुम्बासीलाई भोटको साधन मात्र नबनाई पक्की घर दिलाउन सहयोग गर्ने आश्वासन दिँदै, बस्तीको मुद्दा अझै राजनीतिकरण भएको छ।

महेश बस्नेतले पनि सुकुम्बासी बस्तीका संरचन नहटाउन भन्दै दिउसो भाषण गरेका थिए ।उनले बालेन शाहलाई पुच्छर ठाडो पारेर भाग्नुपर्ने अवस्था बनाउँछौं भन्दै

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय