काठमाडौं । अभियन्ता युवराज पौडेल ‘सफल’ नेतृत्वको नेपाल नागरिक पार्टी आधिकारिक रूपमा एकीकृत भएको छ। सफलको नेतृत्वमा दर्ता रहेको समाजवादी केन्द्र नेपाल को नाम परिवर्तन गरी हालै नेपाल नागरिक पार्टी दर्ता गरिएको हो।
यसअघि अधिवक्ता भण्डारीले छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। तर सफल समूहसँग एकता भएपछि कात्तिक ११ गते दर्ता निवेदन फिर्ता लिएको नेता भण्डारीले पुष्टि गरेका छन्।
नयाँ नेतृत्व संरचना
एकीकृत नेपाल नागरिक पार्टीमा—
सभापति : अधिवक्ता भण्डारी
उप–सभापति : अभियन्ता युवराज पौडेल ‘सफल’
अर्का सभापति : डा. प्रकाश पौडेल
महामन्त्री : पुजनजंग गुरुङ
कोषाध्यक्ष : दिपलाल जोशी
पार्टीको २८ सदस्यीय केन्द्रीय समिति बनाइएको छ।
जसमा नुरमहमत मियाँ, तेजबहादुर कार्की, भगवती ढकाल, रामशरण बुढाथोकी, निरा भण्डारीलगायत समावेश छन्।
अभियन्ता सफलका अनुसार अब पार्टी देशव्यापी संगठन विस्तार र आगामी राजनीतिक अभियानमा सक्रिय भूमिका लिन तयार छ।





