काठमाडौं — अछामका २२ वर्षीय अमृत साउदलाई प्रहरीले पक्राउ गरेको छ। उनी नेपाल प्रहरीको ट्र्याक सुट लगाएर हिँड्दै जेन–जी आन्दोलनमा प्रहरी प्रभाग कपनमा भएको लुटपाटमा संलग्न भएको पुष्टि भएको छ।
वृत्त बौद्धबाट खटिएको टोलीले साउदको कोठाबाट कम्युटर CPU, प्रिन्टर, बर्सादी, बुट र तरबार बरामद गरेको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।





