काठमाडौं — नेकपा (एमाले)ले देशव्यापीरूपमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको छ। पालिकास्तरीय रूपमा आयोजना हुने यो प्रदर्शन कात्तिक २५ मा एकैदिन सञ्चालन गरिने छ।
एमालेका महासचिव शंकर पोखरेलले तयारीदेखि प्रदर्शन र कोणसभा सञ्चालनसम्मका लागि विस्तृत निर्देशन जारी गरेका छन्। निर्देशनमा प्रदर्शन सभ्य, व्यवस्थित र शान्तिपूर्ण तरिकाले गर्ने कुरामा जोड छ।
महासचिव पोखरेलका प्रमुख निर्देशनहरू
आवश्यक परे झण्डा, ब्यानेर र प्लेकार्ड तयार गर्ने।
जुलुशमा उपयोग गर्ने आवाजको लागि ह्यान्ड माइक्रोफोन वा हल्का साउन्ड सिस्टम प्रयोग गर्ने।
जनप्रदर्शनका लागि घनाएको बजार क्षेत्र वा सबैले सजिलै देख्ने स्थान छनोट गर्ने।
प्रदर्शनको अन्त्यमा छोटो र प्रभावकारी कोण सभा गर्ने।
प्रदर्शनका फोटो/भिडियो सामाजिक सञ्जालमा शेयर गरी सञ्चार माध्यममा पठाउने।
जुलुशमा प्रयोग गर्न मिल्ने एमालेले तय गरेका नाराहरू
“प्रतिगामी षडयन्त्र — मुर्दावाद।”
“विघटित प्रतिनिधिसभा — पुनर्स्थापना गर।”
“२३ र २४ को अपराधिक घटनाको — निस्पक्ष छानविन गर।”
“तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई — कारबाही गर।”
“हत्या, हिंसा, आतंक — बन्द गर।”
“नेकपा(एमाले) — जिन्दावाद।”
“जनताको बहुदलीय जनवाद — जिन्दावाद।”





