शनिबार , कार्तिक २२, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्पन्न प्राविधिक समस्याका कारण शुक्रबार राति उडान अवतरण तथा उडान सञ्चालन व्यापक रूपमा प्रभावित भएको छ।

विमानस्थलले राति ९ बजेसम्मका लागि ‘NOTAM’ (Notice to Airmen) जारी गरेको छ, जसअनुसार सो समयसम्म कुनै पनि विमान अवतरण गर्न नपाउने जनाइएको छ।

काठमाडौँ आउँदै गरेको फ्लाई दुबईको उडान लखनउतर्फ डाइभर्ट गरिएको छ।त्यस्तै, कोरियन एयर समेत दिल्ली डाइभर्ट गरिएको छ।

यसैबीच, दिल्लीबाट आएको नेवानी र दोहाबाट उडेको कतार एयरवेज काठमाडौँ आकाशमै लगातार होल्ड अवस्थामा फन्को मारिरहेको ट्र्याकिङमा देखिन्छ।

त्रिभुवन विमानस्थलमा उडान स्थगित भएपछि

यति एयर

बुद्ध एयर

श्री एयर

को मात्र एक दर्जनभन्दा बढी उडान रद्द गरिएको छ।

रातिकालीन उडान गर्ने धेरै आन्तरिक विमानहरू पनि रोकिएका छन्।

उडान अवतरण अवरुद्ध भएपछि सयौं यात्रु विमानस्थलमा अलपत्र परेका छन्।
विमानस्थल स्रोतका अनुसार प्राविधिक टोलीले समस्या समाधानको प्रयास गरिरहेको छ, तर कहिलेसम्म उडान प्रवाह सामान्य हुन्छ भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय