शनिबार , कार्तिक २२, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज उडान सञ्चालन पूर्ण रूपमा अवरुद्ध भएको छ।

विमानस्थल स्रोतका अनुसार रन–वेमा रहेको बत्ती प्रणाली (Runway Lighting System) अचानक बिग्रिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान रोकिएका छन्।

हाल अन्तर्राष्ट्रिय उडानका विमानहरू आकाशमै होल्ड गरिएको छ भने आन्तरिक उडानका जहाजहरू विमानस्थलमै ग्राउन्ड गरिएको बताइएको छ।

प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको र शीघ्र मर्मतपछि उडान पुनः सञ्चालन हुने अपेक्षा गरिएको स्रोतले जनाएको छ।

विमानस्थलको उडान अवरुद्ध हुँदा कतिपय यात्रुहरू टर्मिनल भवनमै अलपत्र परेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय