काठमाडौं– अमेरिकाले मधुमेह, मोटोपना, कार्डियोभास्कुलर रोग, क्यान्सर र दीर्घकालीन स्वास्थ्य समस्याबारे थप कडाइ गर्दै विदेशीसँग भिसा अस्वीकार गर्न सक्ने नयाँ नीति लागू गरेको छ।

सीबीएस न्युजका अनुसार, अमेरिकी विदेश मन्त्रालयले जारी गरेको निर्देशन अनुसार दूतावास तथा वाणिज्य दूतावासहरूले भिसा मूल्यांकन गर्दा आवेदकको स्वास्थ्य अवस्था, दीर्घकालीन रोग र उपचार खर्चको सम्भावना ‘पब्लिक चार्ज’ अर्थात् सरकारको आर्थिक बोझ बन्ने दृष्टिले हेर्नुपर्ने छ।

निर्देशनमा मोटोपना, दम, स्लीप एपनिया र उच्च रक्तचापजस्ता अवस्थाले सरकारको स्वास्थ्य खर्च बढाउन सक्ने भएकाले भिसा अस्वीकारमा विचार गर्न सकिने उल्लेख छ। साथै, आवेदकको परिवारमा दीर्घरोग वा विशेष हेरचाह आवश्यक सदस्य भए त्यसले पनि मूल्यांकनमा समावेश हुने व्यवस्था गरिएको छ।

विश्वका करिब १० प्रतिशत जनसंख्या मधुमेहबाट पीडित रहेका र मुटुरोग मृत्युको प्रमुख कारण भएको पृष्ठभूमिमा यो कदमलाई थप कठोर कदमका रूपमा हेरिएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने, यस विषयमा थप टिप्पणी गर्ने बाँकी रहेको एएनआईले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय