प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले शुक्रबार साँझ प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मारेको छ।
गम्भीर आर्थिक अपचलन सम्बन्धी उजुरीका आधारमा एमालेका पुर्व संसद एबंम नेता तथा प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेपछि अनुसन्धान तीव्र बनाइएको हो।
CIB प्रमुख एआईजी डा. मनोजकुमार केसीका अनुसार,”आवश्यक फाइलहरू प्रहरी नियन्त्रणमा लिइसकिएको छ। राष्ट्र बैंकसँग सहकार्य गरेर विस्तृत छानबिन सुरु गरेका छौं,”भनेर उनले पुष्टि गरे।
प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दायर गरेको ९८ करोड रुपैयाँ ठगी सम्बन्धी उजुरीको आधारमा भट्टचनलाई कात्तिक ११ गते ललितपुरबाट पक्राउ गरिएको थियो।
उक्त उजुरी गत वर्ष असोज ११ मै सरकारी वकिलको कार्यालयबाट प्रहरी परिसर काठमाडौंमा पठाइएको थियो। तर परिसरले लामो समयसम्म अनुसन्धान अघि नबढाउँदा CIBले हस्तक्षेप गरेको हो।
CIB स्रोतका अनुसारठगी प्रकरणमा अन्य व्यक्तिहरूको पनि संलग्नता खुलेको छ।यसलाई संगठित अपराधको रूपमा पनि मुद्दा दायर गरिने तयारी भइरहेको छ।
हालसम्म १८ करोड बढी रकम अन्य माध्यमबाट पनि हेरफेर भएको प्रारम्भिक संकेतहरू आयोगसँग पुगेका छन्।





