रूसको दक्षिणी क्षेत्रमा अवस्थित दागेस्तान गणराज्यमा शुक्रबार एक निजी हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। अन्य दुई जना गम्भीर घाइते भएका छन्।

दागेस्तानको क्षेत्रीय स्वास्थ्य मन्त्रालयका अनुसार, चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अस्पतालमा उपचाररत तीनमध्ये एक जनाको मृत्यु पछिल्लो अपडेटमा पुष्टि गरिएको छ।

दागेस्तानका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पताल पुगेपछि घाइतेहरूको अवस्थाबारे जानकारी दिएका थिए।

अर्कोको अवस्था मध्यम रहेको बताइएको छ।

दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा जम्मा सात जना सवार रहेको बताएका छन्।

आपतकालीन सेवाहरूका अनुसार—घटना भएको का–२२६ मोडेलको निजी हेलिकप्टर हावामा ठोक्किँदा आगलागी भएको र पूरै क्षतिग्रस्त बनेको पुष्टि गरिएको छ।

इन्जिनमा लागेको आगो नै दुर्घटनाको मुख्य प्रारम्भिक कारण मानिएको अधिकारीहरूले बताएका छन्।

दागेस्तानका लागि रूसी आपतकालीन मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार,किज्ल्यारबाट इज्बरबाशतर्फ उडेको हेलिकप्टर बसोबास नभएको एक घरमा ठोक्किएको थियो।

दुर्घटनाको विस्तृत कारणबारे थप अनुसन्धान जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय