latest
कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||    घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||   
बिहिबार , कार्तिक २०, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको लामो संवाद निष्कर्षविहीन बनेपछि ऊर्जा मन्त्री कुलमान घिसिङ अब अलग्गै राजनीतिक दल दर्ता गर्ने निर्णयमा पुगेका छन्।
रास्वपाले घिसिङको मुख्य माग—कार्यकारी सभापति—स्वीकार नगरेपछि उनी ‘उज्यालो नेपाल पार्टी’ नाममा नयाँ शक्ति निर्माणतर्फ उन्मुख भएका हुन्।

घिसिङ अहिले मन्त्रिपरिषद्‌मा जिम्मेवारीमा भएकाले पार्टी दर्ता प्रक्रियामा पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर अघि सारिएको छ।
घिसिङनिकट जीतराम वाइबाका अनुसार, दल दर्ताको निवेदन शुक्रबारसम्म निर्वाचन आयोगमा बुझाइनेछ।

वाइबा भन्छन्—“कुलमान घिसिङ मन्त्री भएकाले अहिले उनको नाममा पार्टी दर्ता गर्न कानुनी/प्राविधिक समस्या हुने भयो। तर उज्यालो नेपाल पार्टी घिसिङकै भिजनमा खुलेको हो। पछि उनी नेतृत्व सम्हाल्छन्, उम्मेदवार बन्छन्।”

उनका अनुसार अहिले पार्टी दर्ता निरन्तर चलिरहनेछ, घिसिङ सरकारमा बसेर आफ्नो जिम्मेवारी पूरा गर्दै चुनाव नजिकिएपछि सक्रिय राजनीति तर्फ आउनेछन्।

रास्वपाको उच्चस्तरीय वार्ता टोलीका सदस्यका अनुसार कुलमान घिसिङले आफ्नो पक्षबाट तीन मुख्य प्रस्ताव राखेका थिए क्लिन–चिट नआएसम्म घिसिङलाई कार्यकारी सभापति ,रास्वपाको नाममा ‘उज्यालो’ शब्द समावेश, रास्वपाको केन्द्रीय संरचनामा ३०–५०% हिस्सा यी प्रस्तावहरू रास्वपा नेतृत्व—डोलप्रसाद अर्याल, स्वर्णिम वाग्ले, शिशिर खनाल—ले नमान्दा वार्ता टुटेको बताइएको छ।

रास्वपा प्रवक्ता मनिष झा भन्छन्—“सभापति पद दिन सकिन्न। उपसभापति लिएर आउन भनिएको थियो, तर उनीहरूको समूह तयार भएन।”

सहप्रवक्ता गणेश पराजुली थप्छन्—“फूल ओछ्याएर स्वागत गर्न तयार थियौँ। तर सर्तसहित सभापति माग्नु पार्टीको विधि र संरचनासँग मेल खाँदैन।”

रास्वपाका भित्रका स्रोतका अनुसार कुलमान घिसिङको आत्मविश्वास बलेनका कारण अझ बढेको छ।

काठमाडौँ मेयर बालेन्द्र शाह (बालेन)

पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठ

जेनजी आन्दोलनका प्रतिनिधि सुदन गुरुङ

जस्ता व्यक्तिहरू खुलेरै घिसिङको पक्षमा उभिएका छन्।

एक रास्वपा नेताका शब्दमा “कुलमानलाई सभापति बनाउने भए बालेनको पूर्ण समर्थन रहने सुनाइएको थियो।”

एक वार्ताकार भन्छन्—“कुलमानजीले कार्यकारी सभापति नै ‘बटमलाइन’ भन्नुभयो। त्यसभन्दा तल बस्ने चाहना देखिएन।”

यसपछि रास्वपा–घिसिङ एकता ‘अहिलेलाई’ टुटेको मानिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय