काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा हुनुअघि नै नेकपा एकीकृत समाजवादीका ६ नेतामाथि पार्टीले कारबाही गरेको खुलासा भएको छ।
अध्यक्ष माधव कुमार नेपालले जारी गरेको विज्ञप्तिअनुसार कारबाहीमा परेका नेताहरू हुन्—
घनश्याम भूसाल
रामकुमारी झाँक्री
किसान श्रेष्ठ
दामोदर अर्याल
नन्दलाल बन्जाडे
धर्मराज निरौला
माओवादी केन्द्रसहित १० घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा समाजवादी समाहित हुनुअघि नै यी नेतामाथि कारबाही निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
समाजवादीको केन्द्रीय कमिटीको निर्णय उल्लंघन गरेको आधारमा उनीहरूलाई कारबाही गरिएको जनाइएको छ।
बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले सम्बन्धित नेतामाथि संगठनात्मक अख्तियार प्रयोग गर्दै कारबाही गर्ने निर्णय गरेको हो।
यसैबीच, कारबाहीमा परेका नेतामध्ये रामकुमारी झाँक्री र किसान श्रेष्ठसहित ५० भन्दा बढी केन्द्रीय सदस्य आगामी सोमबार एमालेमा फर्किने तयारीमा रहेको जानकारी सार्वजनिक भइसकेको छ।






