latest
घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||    युवा खेलकुद मन्त्रीको एक्सन: कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको स्काउटको संरचना र मालसामान जफत गर्ने तयारी  ||    अष्ट्रेलियाबाट आयो सामाजिक संजाल चलाउनेहरुका लागि यस्तो खबर-  ||    कांग्रेस नेता कान्छाराम तामाङको निर्माण कम्पनीको ठेक्का तोड्ने तयारी  ||   
बिहिबार , कार्तिक २०, २०८२

बुटवल — उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनका साझेदार, पूर्व डीआईजी छविराज जोशीको मुद्दासम्बन्धी सम्पूर्ण फाइल झिकाउन आदेश दिएको छ।

न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेशसहित मुद्दाको मिसिल (फाइल) झिकाउने निर्णय गरेको हो।

रविले यसअघि बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाउन माग गर्दै निवेदन दिएका थिए। त्यही निवेदनमाथि सुनुवाइ भइरहेकै क्रममा उच्च अदालतले जिल्ला अदालतको मिसिल अपुग भएको भन्दै सबै फाइल झिकाउन आदेश जारी गरेको हो।

यसअघि, मुद्दा हेर्दा छविराज जोशीका तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले बहस गर्दा न्यायाधीशहरूले आवश्यक मिसिल पूरा नभएको बताउँदै अतिरिक्त कागजात झिकाउन निर्देशन दिएका थिए।

सोही दिन, रविका तर्फबाट बहस सुरु हुन नपाई कात्तिक १३ गतेको पेसी स्थगित भएको थियो। त्यसपछि बिहीबार पुनः सुनुवाइ भएर नयाँ आदेश आएको हो।

यसअघि, न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले रवि लामिछाने र छविराज जोशीको मुद्दा प्रकृतिमा समान भएकाले दुवै मुद्दा एउटै इजलासमा एकैसाथ राखेर हेर्न आदेश दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय