latest
सञ्चारमन्त्री जगदिश खरेलले लगाएको घडीको मूल्य १ करोड हैन २३ हजार मै किन्न पाइन्छ  ||    आफ्नो सुरक्षाकर्मी खोसेर वडाध्यक्षदेखि मेयरसम्मको बढायो भन्दै ओलीले बोले झुट कुरा  ||    यी ब यक्तिले गरेका रहेछन जेनजी आन्दोलनका क्रममा असई मिलन रायको कुटीकुटी हत्या  ||    गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई कुनै बयान दिन्नँ: ओली  ||    डा. संगीता कौशल मिश्रासहित १४ जनामाथि भ्रष्टाचार मुद्दा  ||    बालेन्द्र शाह, सुमना श्रेष्ठ, सुधन गुरुङसहितका नेताहरू नयाँ दल गठनको अन्तिम चरणमा  ||    गायक बाबुल गिरी प्रहरी नियन्त्रणमा  ||    चर्चित गायक बाबुल गिरीकि प्रेमिकाले गरिन आत्महत्या प्रयास, स्टुडियोमै बाबुलसंग विवाद भएपछि….  ||   
आइतबार , कार्तिक २, २०८२

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले चोरीका बिभिन्न गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।

चोरीको मुद्धामा जिल्ला अदालत कैलालीबाट-५ बर्ष कैद सजाय भुक्तान गरेर छुटेको एक जनालाई प्रहरीले फेरी चोरी कै मुद्धामा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१८ फुलबारी बस्ने बर्ष ३१ का हर्कबहादुर गिरी रहेका छन् ।

उनलाई धनगढी उपमहानगरपालिका ०४ बसपार्क स्थित योगेन्द्र ओझाको घरबाट नगद र गरगहना चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गिरी ओझाको घरबाट २५ हजार ५०/६० तोला चाँदी र १४/ १५ तोला सुनका गरगहना चोरी गरेर फरार भएका थिए । ओझाको घरमा कोही नभएको समयमा बुधवार बिहान गिरीले चोरी गरेका थिए।

गिरीले धनगढीको हसनपुरमा समेत एक घरमा चोरी गरेका थिए। उनी कैलाली कारागारबाट कैद भुक्तान गरेर श्रावण १७ गते मात्र छुटेका थिए।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टकाअनुसार गिरीले घरमा कोही नभएको मौका बुधबार बिहान ओझाको घरबाट नगद २५ हजार नगद, अन्दाजी ६० तोला चाँदी र १५ तोला सुनका गरगहना चोरी गरेका थिए ।

गिरीको साथबाट चोरी गरिएको चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायल लगायतका अन्य विभिन्न किसिमका गरगहना, सिक्का, घडी र नगद ६ हजार १३५ बरामद गरिएको छ ।

गिरीलाई हिरासतमा राखेर चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गिरी चोरी मुद्दामा जिल्ला अदालत कैलालीबाट ५ बर्ष कैद सजाय भएर २७ कात्तिक २०७७ देखि कारागार कार्यालय कैलालीमा कैद भुक्तान गरिरहेका थिए ।

१७ साउनमा कैद भुक्तान गरि छुटेका गिरी हप्ता दिन नबित्दै फेरि चोरी आरोपमा पक्राउ परेका हुन् ।

facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing button

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय