देश विकास केवल सरकारको योजनाले मात्र हुँदैन, नागरिकको सहभागिता, भावनात्मक लगानी र सामूहिक योगदानले देशले गती लिन्छ। यही आधारमा “हप्तामा १ दिन श्रम दान” राष्ट्रव्यापी अभियान सुरू गर्ने समय आएको छ।
तर यो हर्क सम्पाङले जस्तो सबैले ढुंगा बोक्ने मोडेल होइन।
प्रत्येक नागरिकले आफ्नो सीप, पेशा, व्यवसाय र क्षमताअनुसार योगदान गर्ने आधुनिक श्रम–दान मोडेल हो।
१) मेडिकल क्षेत्र – डाक्टर, नर्स, स्वास्थ्यकर्मी
देशको सबैभन्दा महँगो र संवेदनशील सेवा स्वास्थ्य हो।
हप्तामा १ दिन निःशुल्क उपचार
साना अस्पतालहरूमा निःशुल्क स्वास्थ्य क्याम्प
गरिब तथा विपन्नलाई औषधि–चेकजाँच मुफ्त
यो केवल सेवा होइन, समाजप्रति चिकित्सकको प्रत्यक्ष मानवीय सद्भाव हुनेछ।
२) सरकारी कर्मचारी – आफ्नो श्रम बैंकमा ‘कमाइ’ जम्मा गर्ने
सरकारी कर्मचारीले हप्ताको १ दिन
निःशुल्क सेवा( आफ्नो १ दिनको तलब राष्टिय श्रम बैंक मा जम्मा गर्दिने)
कागज दस्ता छिटो गर्ने
नागरिकका समस्या समाधान
सार्वजनिक स्थल सफाइ–अनुगमन
यसले सरकारी सेवाप्रति विश्वास बढ्छ, भ्रष्टाचार घट्छ, राज्यप्रति समर्पण बढ्छ।
३) व्यवसायी–उद्यमी
देशको अर्थतन्त्र व्यावसायीकै अडान हो। उनीहरूले हप्तामा १ दिन
आफ्नो एक दिनको नाफा राज्यलाई दान
विपन्न समुदायलाई आर्थिक सहयोग
समाजिक उत्तरदायित्व (CSR) गतिविधि
गरेमा देशको पूँजीगत विकासमा ठूलो योगदान पुग्छ।
४) होटल–रेस्टुरेन्ट व्यवसाय
खाना त जीवन हो। यदि हप्तामा १ दिन नाफा नखाई खाना खुवाउने
सडक बालबालिका वा विपन्नलाई भोजन वितरण
भोजन बैंक सञ्चालन
भने यो मानवता र विकास दुवैको मिसावट हुनेछ।
५) यातायात व्यवसाय – बस, माइक्रो, ट्याक्सी
हप्तामा १ दिन
निःशुल्क यात्रा सेवा
विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, वृद्ध, असाहायलाई निःशुल्क सुविधा
यसले सामाजिक न्याय र नागरिक प्रेम अभिव्यक्त गर्छ।
६) श्रमिक वर्ग – आफ्नो सीपद्वारा योगदान
मेसन, प्लम्बर, इलेक्ट्रिसियन, डेकोरेटर, ड्राइभर, किसान—
सबैले हप्तामा १ दिन गाउँ–टोल सफाइ सडक, खानेपानी, समुदाय भवन निर्माण विद्यालय मर्मत जस्ता काममा योगदान गर्न सक्छन्।
सबैले १–१ दिन दिए देशलाई हरेक हप्ता ३ करोड जनशक्ति मिल्छ
नेपालमा लगभग ३ करोड जनता छन्।
यदि आधा जनसंख्या मात्र सक्रिय रुपमा योगदान गर्छ भने पनि—
१ हप्तामा १.५ करोड ‘श्रम घण्टा’
१ वर्षमा ७८ करोड ‘श्रम घण्टा’
यो शक्ति देश निर्माणको लागि अपूर्व स्रोत हो।
यो हर्क सम्पाङको ढुंगा बोक्ने मोडेल होइन — सबैको पेशाअनुसारको श्रम–दान मोडेल हो
सबैले कौशल अनुसार काम गर्छन्:
डाक्टरले उपचार
वकिलले कानुनी सहयोग
शिक्षकले ट्युशन
इंजिनियरले परियोजना डिजाइन
व्यवसायीले नाफा दान
चालकले यात्रा सेवा
श्रमिकले भौतिक श्रम
सबैले आफ्नो ‘उपयुक्त तरिका’ मा केही घण्टा दिए देश स्वच्छ, सशक्त र समृद्ध बन्छ।
“हप्तामा १ दिन — राष्ट्रका लागि”
यो अभियानले निम्न परिणाम दिन्छ—
सामाजिक एकता
भ्रष्टाचार घट्ने
सरकारी सेवा सुधार
जनआन्दोलनले मागेको ‘सिस्टम परिवर्तन’
र मुलुकको दिगो विकास
देश बनाउन चिल्ला भाषण होइन, सबैको १ दिनको योगदान चाहिन्छ।
हामी सबै मिलेर यो अभियानलाई राष्ट्रिय अभियान बनाउन सक्छौँ।

												
												
												
												
												
												



