रुपन्देही — डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत उपभोग गर्दै आएका रुपन्देहीका चार प्रमुख उद्योगले लामो समयदेखि बाँकी रहेको प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई बुझाएका छन्।
सोमबार पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टील इन्डस्ट्रीज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले पहिलो किस्ता बुझाएपछि प्राधिकरणले उद्योगहरूको काटिएको विद्युत लाइन पुनः जडान गरेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।
उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापतको प्रिमियम महसुल तिरेका हुन्।
बक्यौताको रकम यसप्रकार छ–
पञ्चकन्या प्लास्टिक : रु. २४ लाख ६३ हजार
पञ्चकन्या स्टील : रु. ५२ लाख १९ हजार
सिद्धार्थ पेटप्लान्ट : रु. १ करोड ८३ लाख
श्याम प्लास्टिक : रु. ४९ लाख १० हजार
कुल बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरिएको र उद्योगहरूले पहिलो किस्ता बुझाइसकेपछि सेवा पुनः सुचारु गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अधिकारीहरूका अनुसार, बक्यौता तिर्ने प्रक्रिया अघि बढ्नु ऊर्जा क्षेत्रको राजस्व सुरक्षा र वित्तीय अनुशासनका लागि महत्त्वपूर्ण कदम हो।

												
												
												
												
												
												



