काठमाडौँ — सन् २०२५ को अक्टोबर महिनामा मात्रै अमेरिकाबाट ३८ जना नेपाली डिपोर्ट भएका छन्। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार तीमध्ये ४ महिला र ३४ पुरुष छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु (जनवरी २०, २०२५) भएसँगै नेपालीहरूको देशनिकाला तीव्र बढ्दै गएको तथ्यांकले देखाएको छ। जनवरीदेखि सेप्टेम्बर ३० सम्म ३०६ नेपाली डिपोर्ट भइसकेका छन् —२६० पुरुष र ४६ महिला।
ट्रम्प दोस्रो कार्यकालपछि आप्रवासीसम्बन्धी नीति झनै कठोर भएको छ।कागजातविना बसोबास गर्ने नेपालीहरू उच्च निगरानीमा परेका छन्। यही नीतिका कारण नेपालीहरूको डिपोर्टेसन महिनैपिच्छे बढ्दै गएको छ।
२०२५ मा महिनाअनुसार डिपोर्ट संख्या
जनवरी – ६
फेब्रुअरी – १८
मार्च – ३२
अप्रिल – २६
मे – ५८ (सर्वाधिक)
जुन – ४२
जुलाई – १७
अगस्ट – १६
सेप्टेम्बर – ५३
अक्टोबर – ३८
यी तथ्यांकले मे, सेप्टेम्बर र अक्टोबरमा अमेरिकी इमिग्रेशनले कडा अभियान चलाएको संकेत गर्छ।
डिपोर्ट भएर आएका सबैलाई अध्यागमनले मानव बेचबिखन ब्यूरोमा बुझाउँछ।
सामान्य अवस्थामा केही सोधपुछपछि आफन्तको जिम्मा लगाइन्छ।
यदि कसैले लिखित निवेदन दिएर तस्करी/धोका/ठगी भएको भन्यो भने विस्तृत अनुसन्धान अघि बढाइन्छ।





