काठमाडौँ — जेन–जी आन्दोलनपछि भूमिगत रूपमा संगठित हुँदै आएको सुदन गुरुङ समूहले अब ‘नयाँ राजनीतिक दल’ दर्ता गर्ने अन्तिम तयारी पूरा गरेको स्रोतले पुष्टि गरेको छ।
दलको प्रारम्भिक लोगो “बिजुलीको बल्ब (चिम)” राख्ने विषयमा आन्तरिक रूपमा करिब–करिब सहमति बनिसकेको छ।
यो शीर्ष नेतृत्वका लागि ऊर्जा मन्त्री कुलमान घिसिङ र पूर्व सांसद् सुमना श्रेष्ठबीच अन्तिम प्रतिस्पर्धा चलिरहेको स्रोत बताउँछ।
दलका आन्तरिक स्रोतहरू अनुसार,कुलमान घिसिङलाई देशव्यापी लोकप्रियता, इमानदार प्रशासकको छवि ,जेन–जी र स्वतन्त्र मतदाता दुवैको भरपर्दो विश्वासका कारण पहिलो प्राथमिकता दिइएको छ।
तर अध्यक्ष बन्ने हो भने कुलमानले अहिलेको मन्त्री पद छोड्नुपर्ने माग समूहभित्रबाट उठिरहेको छ।
एक स्रोत भन्छ—“कुलमान आए पार्टी तुरुन्तै राष्ट्रिय शक्ति बन्छ। तर उनी सरकारमै बस्ने कि पार्टीको नेतृत्व लिने यही अन्तिम टुंगो बाँकी छ।”
यदि कुलमानले नेतृत्व नलिने निर्णय गरे दोस्रो सम्भावित अध्यक्ष सुमना श्रेष्ठ हुन्।
उनले पारदर्शिता, सुधारवादी राजनीति, शहरी युवाको विश्वास जस्ता कारणले नेतृत्व स्वीकार गर्न सक्ने चर्चा छ।
स्रोतको भनाइमा “सुमना अध्यक्ष, कुलमान मुख्य संरक्षक, सुदन–सागर नेतृत्व टोली यस्तो मोडेल पनि चर्चामा छ।”
यो दल सुदन गुरुङ, सागर ढकाल,रिजन मगर,विभिन्न जेन–जी संयोजक ,बालेन नजिकका केही व्यक्तिसँग मिलेर टेक–युवा–भविष्यवादी पार्टीको मोडेलमा तयार हुँदैछ।
लोकप्रिय चेहरा अगाडि,जेन–जी सञ्जाल पछाडि यही ढाँचा प्रस्ताव गरिएको स्रोत बताउँछ।
दलले ‘बिजुलीको बल्ब’ किन रोज्यो? भन्ने प्रशंमा श्रोत भन्छ-‘उज्यालो’ र ‘सुधार’को प्रतीक, प्राविधिक–युवा ब्रान्डिङ,कुलमानसँग सिधा कनेक्शनले चुनाव प्रचारमा सजिलो हुन्छ ।
एक रणनीतिकार भन्छन्—“बल्ब चिन्ह आयो भने जनतालाई बुझ्न गाह्रो छैन, यो ‘सिस्टम बद्ल्ने’ दल हो भनेर।”
स्रोतले भन्यो “हामी अन्तिम चरणमा छौँ। अब संगठन, नेतृत्व र चिन्ह बनिसेकाले औपचारिक घोषणा २–३ दिनमै आउँछ।”





