बुटवल।
नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत् कटौतीको विरोधमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा जिफन्टका उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

बिहीबार मध्यान्ह बुटवलमा भएको विरोध कार्यक्रमका क्रममा भाषण गर्दैगर्दा गौतम अचानक मञ्चमै ढलेका थिए। उनलाई तुरुन्तै मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा निधन भएको अस्पतालले पुष्टि गरेको छ।

प्रत्यक्षदर्शी तथा बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराईका अनुसार गौतम ढलेपछि कार्यक्रम स्थलमा केही समय अफरातफरी मच्चिएको थियो।

कार्यक्रममा बोल्दै गौतमले सरकारले उद्योगहरूलाई अन्यायपूर्ण रूपमा फसाएको आरोप लगाएका थिए।
उनका अनुसार, उद्योगीहरूले नियमित रूपमा मासिक रूपमा विद्युत् महसुल बुझाउँदै आएको भए पनि अचानक चार वर्षको बक्यौता बिल थमाइएपछि उद्योग क्षेत्र पीडित बनेको हो।

“आम जनमानसमा भ्रम सिर्जना गरेर उद्योगीहरूले ठगेका छन् भन्ने प्रचार गरिएको छ,” उनले भनेका थिए,
“तर उद्योगपतिहरूले ठगेका होइनन्। यो सरकार र विद्युत प्राधिकरणको गैरजिम्मेवारीपन हो — यो पैसा विद्युतका कर्मचारीहरूले आफ्नै खल्तीबाट तिर्नुपर्छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय