latest
अमेरिका पुगेका दीपक-दीपाको कार्यक्रममा दर्शक र कलाकार बराबर भएपछी….  ||    देशमा अनिष्ट भइरहेको भन्दै राष्ट्रपति कार्यालयकोतर्फवाट गरियो भीमेश्वर मन्दिरमा क्षमा पूजा  ||    अमेरिकामा रहेका अधिकारीलाई एलिनाले लागाईन गम्भीर आरोप, जाँड खाएर…  ||    जापानमा सिपयुक्त श्रमिक पठाउने प्रक्रिया औपचारिक रूपमा सुरु, १६ क्षेत्रका रोजगारी खुला  ||    एक युवकले १० सेकेन्डमै सके पत्रकार सम्मेलन  ||    काठमाडौँको कोटेश्वरमा सहायक हवल्दार अमृत गुरुङको हत्या यी व्यक्तिले गरेका रहेछन-  ||    डाक्टर निकोलस भुसाल भन्छन- प्रहरीको तलब १ लाख पुराईदिन्छु  ||    युवराज पौडेल सफलबिरुद्द अमेरिकाबाट उजुरी  ||   
बुधबार , कार्तिक १२, २०८२

अमेरिका ।
लोकप्रिय चलचित्र छक्का पन्जा टिम अहिले अमेरिकामा टुरमा छ। टिममा अभिनेता दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, शिवहरी पौडेल, मिना निरौला, आसिफ शाह लगायतका कलाकारहरू रहेका छन्।

टुरको क्रममा केही दिनअघि टिम टेक्सासको राजधानी अस्टिन पुगेको थियो। कार्यक्रममा सबै कलाकारले प्रस्तुति दिएका थिए। विशेषगरी दीपक–दीपाले ‘सिरपाते जुंगामा’ बोलको गीतमा युगल नृत्य प्रस्तुत गरेका थिए, जसले दर्शकको मन जित्यो।

कार्यक्रमका सञ्चालक आसिफ शाहले सार्वजनिक भिडियोमा बताएका छन्, “जिन्दगीमा पहिलोपटक कोट आउँदा असहज महसुस भइरहेको छ। यहाँ धर्मेन्द सेवान भन्ने कलाकार पनि हुनुहुन्छ, उहाँ हाफ पाइन्टमा आउनुभएको छ। सायद दर्शकको उपस्थितिबारे थाहा पाएरै होला।”

“यसरी कार्यक्रम गर्दा पनि खुसी नै लाग्छ। किनभने तपाईंहरू (दर्शक) जति जना हुनुहुन्छ, हाम्रो कलाकारको टिम पनि त्यति नै हुनुहुन्छ। कबड्डी–सबड्डी खेल्न मिल्ने रैछ। मलाई त कम दर्शक देख्ने बानी छ। अस्ति भर्खरै मेरो फिल्म ‘जन्ते बाख्रो’ रिलिज हुँदा हलमा मान्छे यति नै थियो।”

विदेशमा नेपाली कलाकारले प्रायः थोरै दर्शकको माझ प्रस्तुति दिनुपर्ने हुन्छ। काम व्यस्तताका कारण प्रवासी नेपाली दर्शकले समय मिलाउन कठिनाइ हुन्छ। तर, अहिले सबैको हातमा मोबाइल छ, त्यसैले प्रस्तुति भिडियो सार्वजनिक हुनबाट रोक्न सकिँदैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय