latest
अमेरिका पुगेका दीपक-दीपाको कार्यक्रममा दर्शक र कलाकार बराबर भएपछी….  ||    देशमा अनिष्ट भइरहेको भन्दै राष्ट्रपति कार्यालयकोतर्फवाट गरियो भीमेश्वर मन्दिरमा क्षमा पूजा  ||    अमेरिकामा रहेका अधिकारीलाई एलिनाले लागाईन गम्भीर आरोप, जाँड खाएर…  ||    जापानमा सिपयुक्त श्रमिक पठाउने प्रक्रिया औपचारिक रूपमा सुरु, १६ क्षेत्रका रोजगारी खुला  ||    एक युवकले १० सेकेन्डमै सके पत्रकार सम्मेलन  ||    काठमाडौँको कोटेश्वरमा सहायक हवल्दार अमृत गुरुङको हत्या यी व्यक्तिले गरेका रहेछन-  ||    डाक्टर निकोलस भुसाल भन्छन- प्रहरीको तलब १ लाख पुराईदिन्छु  ||    युवराज पौडेल सफलबिरुद्द अमेरिकाबाट उजुरी  ||   
मंगलबार , कार्तिक ११, २०८२

काठमाडौं — भारतीय मौसम विभागले बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ आज (मंगलबार) अधिक शक्तिशाली भएर गम्भीर चक्रवाती आँधीमा परिणत हुने बताएको छ।

विभागका अनुसार चक्रवात आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गर्दै आन्ध्र प्रदेश, ओडिशाका केही भूभागमा भारी वर्षा र तेज हावाको सम्भावना छ। हावाको गति ९०–१०० किलोमिटर प्रति घण्टासम्म पुग्न सक्ने विभागले जनाएको छ।

सो क्रममा भारतको विदर्भ क्षेत्रमा २८–३० अक्टोबरसम्म मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको भारतीय मौसम विभागले जनाएको छ।

मौसमविद्हरूको भनाइ अनुसार ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि देखिनेछ। बंगालको खाडीमा विकसित यो प्रणाली पूर्वी नेपालमा बिहीबारसम्म सक्रिय हुने अनुमान छ। यसको प्रभाव कोशी प्रदेश, मधेश र मध्य नेपालसम्म फैलन सक्ने चेतावनी जारी गरिएको छ।

नेपालका सरकारी मौसम पूर्वानुमान महाशाखाले नागरिकहरुलाई सचेत रहन र सम्भावित वर्षा तथा आँधीको प्रभावका लागि तयारी गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय