काठमाडौं
कलाकार दीपाश्री निरौला, दीपकराज गिरी र जितु नेपाल अहिले अमेरिकामा आयोजित ‘छक्कापञ्जा टूर’ मा व्यस्त छन्।
दशैंअघि अमेरिकातिर लागेका उनीहरू कार्यक्रमसँगै विभिन्न सहरहरूमा घुमघाममा रमाइरहेका छन्।
हालै उनीहरूले लस एन्जलसस्थित विश्वप्रसिद्ध ‘हलिउड युनिभर्सल स्टुडियो’ पुगेका छन् — जहाँ दीपाश्री र दीपकराजले फिल्म ‘टाइटानिक’को आइकोनिक पोजमा भिडियो खिचाएका छन्।
पृष्ठभूमिमा सेलिन डियोनको कालजयी गीत ‘माइ हार्ट विल गो अन’ बजिरहेको उक्त भिडियो अहिले टिकटकमा धमाका मच्चाइरहेको छ।
दीपाश्रीले भिडियो पोस्ट गर्दै लेखेकी छन् — “Time for Hollywood song ❤️”
उनीहरूको रमाइलो मुड देखिएको भिडियोमा हलिउड स्टुडियो अगाडिको दृश्य देख्न सकिन्छ, जसले प्रशंसकलाई निकै लोभ्याएको छ।
त्यसअघि उनीहरूले न्यूयोर्कको टाइम्स स्क्वायरबाट पनि फोटोहरू शेयर गरेका थिए।
कामको मोर्चामा, दीपक–दीपाको टीमले चाँडै नयाँ फिल्मको छायांकन सुरु गर्ने तयारी गरेको छ।
दीपकले २०८३ सालको दशैंमा नयाँ फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरिसकेका छन्।






