सुनसरी, हरिनगर गाउँपालिका-१

सुनसरीको हरिनगर गाउँपालिका-१ भुटाहा बजारमा आइतबार साँझ दुई पक्षबीच झडप हुँदा ११ जना घाइते भएका छन्।

घटना डाइस खेल्ने क्रममा सुरु भएको विवादले उग्र रूप लिँदा झडपमा परिणत भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, झडपमा दुवै पक्षका ११ जना घाइते भएका छन् भने प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

घाइते हुनेमा स्थानीयहरू:

२६ वर्षीय चन्दन सदा

५० वर्षीय पचुवा मलहा सदा

४० वर्षीय राजु दास

२५ वर्षीय राजा सिद्दिकी

२० वर्षीय सोहेल अन्सारी

२४ वर्षीय साजिर सिद्दिकी

५२ वर्षीय अजमल हुसेन

२३ वर्षीय फैजान अन्सारी

घाइतेहरूलाई विराटनगरको नोबेल र गोल्डेन अस्पताल तथा स्थानीय हरिनगर स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय