काठमाडौं।
सरकारले आज चार नयाँ मन्त्री नियुक्त गर्न लागेको छ। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा मन्त्रीहरूको नामावली सिफारिस गरिसकेका छन्। नयाँ मन्त्रीहरूमा डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन्।
डा. सुधा शर्मा गौतम – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
स्त्री तथा प्रसूति रोग विशेषज्ञ
पूर्व सचिव, लेखक (‘सिंहदरबारको घुम्ने मेच’, ‘अप्रमेय’)
गणपतिलाल श्रेष्ठ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सम्पदा संरक्षण अभियन्ता
रानीपोखरी, बसन्तपुर दरबार क्षेत्रको संरक्षणमा सक्रिय
अक्सफोर्ड विश्वविद्यालयमा आफ्नो अभियानको प्रस्तुति
खगेन्द्र सुनार – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
दलित अधिकारकर्मी
संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित गर्न सक्रिय
विभिन्न आन्दोलन, धर्ना र प्रदर्शनमा सहभागी
बब्लु गुप्ता – युवा तथा खेलकुद मन्त्रालय
सामाजिक अभियानकर्ता
कोभिडकालमा नि:शुल्क खाना अभियान
विपन्नका लागि कपडा बैंक, रक्तदान र विद्यार्थी शिक्षामा सक्रिय
आज शपथ ग्रहणसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय हुनेछ। यसअघि मन्त्रिमण्डलमा ८ मन्त्री रहेका थिए।
वर्तमान मन्त्रिपरिषद् यसरी गठन छ:
प्रधानमन्त्री – सुशीला कार्की
अर्थ – रामेश्वर खनाल
ऊर्जा, जलस्रोत र सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास – कुलमान घिसिङ
गृहमन्त्री – ओमप्रकाश अर्याल
उद्योग, कानुन, भूमिसुधार, सहकारी र गरिबी निवारण – अनिलकुमार सिन्हा
शिक्षा तथा विज्ञान प्रविधि – महावीर पुन
कृषि तथा पशुपन्छी विकास – मदनप्रसाद परियार
सूचना तथा सञ्चार – जगदीश खरेल






