सिन्धुली – गोलन्जोर गाउँपालिका–५ खनियाखर्क स्थित गुप्ती गुफामा रामेछापको दोरम्बा गाउँपालिका–२ निवासी शाक्पा योन्जन लामो तपस्यामा बसेका छन्।

२९ वर्षका शाक्पाले असोज १० गतेदेखि आफ्नो तपस्या सुरु गरेका थिए। उनी यो अवधि भरी केही नखाई र लामो ध्यान–तपस्यामा रहेका छन्।

स्थानीयवासी र श्रद्धालुहरू शाक्पाको अद्भुत तपस्यालाई देख्न गुफामा आउँदैछन्। उनका अनुयायी र स्थानीयले उनको धैर्यता र आत्म–नियन्त्रणलाई प्रेरणादायक ठान्दै सम्मान व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय