काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो व्यक्त गरेकी छन्। प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार बिहान ह्यात रिजेन्सी व्यवस्थापनसँग जानकारी लिएका छन्।

कुराकानीका क्रममा अर्थमन्त्री खनालले व्यवस्थापनलाई भनेका छन्, “तपाईंहरु आत्तिन भएन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौँ। सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ। कत्ति पनि विचलित नबनी आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्।”

प्रधानमन्त्रीको सचिवालयका अनुसार, होटल बन्दबारे आइतबार व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने तयारीमा छ।

यस घटनाले होटल सेवा सुचारु गर्ने र कर्मचारीको प्रवेश सुनिश्चित गर्ने विषयमा सरकारको सक्रिय ध्यान देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय