पश्चिम सुर्खेत – चौकुने गाउँपालिका–७ का अन्दाजी २० वर्षका भुवन धमला मृत अवस्थामा भेटिएका छन्। उनी कार्तिक ३ गतेदेखि बेपत्ता भएका थिए र चार दिनको खोजीपछि शुक्रवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

स्रोतका अनुसार, भुवन धमला चौकुने–१० मा पर्ने घाटगाउँमा लाग्ने भुवा जात्रा हेर्न गएका थिए। राति जात्रामा गएपछि भोलिपल्ट घर नफर्किएपछि उनका परिवारले खोजी सुरु गरेका थिए।

शुक्रबार उनको शव तामाधारा खोलाको ताताथाई क्षेत्रमा फेला परेको हो। घटनाको प्रकृति रहस्यमय देखिएको र यसबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले बताए। शव पोस्टमार्टमका लागि प्रदेश अस्पतालमा लगिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय