latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
बुधबार , अषोज १, २०८२

चीनमा एउटा अचम्मको परम्परा रहेको तथ्य सार्वजनिक भएको छ ।

युनान प्रान्तका मुसो आदिवासीमा प्रचलित यो परम्परामा बिहे गरिसकेपछि पति-पत्नी एकै घरमा बस्दैनन् । अर्थात्, महिलाहरू आफ्नो पतिको घर जाँदैनन्, माइतीमै बस्छन् । पति पनि आफ्नै घरमा ।

बरु, बिहेपछि पतिहरू आफ्नै पत्नीसँग बस्न वा रात बिताउन हरेक रात ससुराली जान्छन् । आफ्नी श्रीमतीसँग भेट्न हरेक बेलुका ससुराल जाने र बिहानै आफ्नो घर फर्किने यो परम्परा अनौठो रहेको छ ।

अझ विशेष त, ती पति–पत्नीको सम्बन्धमा कुनै आर्थिक लेनदेन पनि हुँदैन । दुईमध्ये यदि कसैलाई चित्त बुझेन भने पनि सम्बन्ध तोड्ने छुट उनीहरूलाई हुन्छ ।

त्यसैगरी, उनीहरूबाट जन्मिएका बालबच्चा हुर्काउन वा लालन पालन गर्ने जिम्मेवारी बाबुको काँधमा हुँदैन । त्यो काम पनि महिलाले नै गर्छन् ।

यो आदिवासी समुदायमा कुनै महिलाले बच्चा जन्माएपछि हुर्काउने, पढाउने जिम्मेवारी महिलाकै माइती पक्षले गर्ने परम्परा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय