बुधबार , कार्तिक १९, २०८२

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक नेपाली महिला र एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ र धादिङ नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनार रहेका छन्।

प्रहरीले उनीहरूलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

उनीहरू बस्दै आएको भाडाको कोठामा तलासी गर्दा प्रहरीले ६९ लाख ८५ हजार रुपैयाँ नगद तथा सुनका विभिन्न गहना बरामद गरेको जनाएको छ।

प्रहरी एआइजी कार्कीले भने,

“स्रोत नखुलेको रकमसहित दुई जना — एक चिनियाँ र एक नेपाली — पक्राउ परेका छन्। हाल उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको छ।”

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरूले उक्त रकम र सुनका गहना कहाँबाट ल्याएको र कुन उद्देश्यका लागि राखिएको भन्नेबारे स्पष्ट जानकारी नदिएको जनाएको छ।
अनुसन्धानका क्रममा रकम अवैध कारोवार वा अवैध विदेशी सम्पर्कसँग सम्बन्धित हुनसक्ने आशंका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय