काठमाडौं । प्रहरीले भदौ २४ गते दरबारमार्गबाट लुटिएको पेस्तोलका गोलीसहित दुई किशोरलाई पक्राउ गरेको छ।
शुक्रबार काठमाडौँको नरेफाँटबाट बर्दियाका १७ वर्षीय अनिश गिरी र झापाका १६ वर्षीय सोनम थापा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गिरीसँगको बयानका क्रममा उनले दरबारमार्ग प्रहरी वृत्तबाट लुटिएका ३ थान गोली लाजिम्पाटमा लुकाएर राखेको खुलाएका थिए।
उनको डेराबाट ३११–२३ लेखिएको पेस्तोलका ३ थान गोली फेला परेका छन्।
त्यस्तै, थापा मगरको मालिगाउँ, आनन्द भैरव मार्गस्थित डेरामा खानतलासी गर्दा पेस्तोलका २ थान गोली र छालाको बेल्ट बक्कल एक सेट फेला परेको छ।
प्रहरीले दुबैजनालाई जरुरी पक्राउ पुर्जी जारी गरी थप अनुसन्धानका लागि दरबारमार्ग प्रहरी वृत्त पठाएको जनाएको छ।






