latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
बिहिबार , अषोज २, २०८२

श्रीलंकाको सत्तारुढ दलले आगामी सेप्टेम्बर २१ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धाका लागि विवादास्पद राजपाक्षे परिवारका एक सदस्यलाई अघि सारेको छ।

श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीले राजधानी कोलम्बोस्थित आफ्नो कार्यालयमा आयोजित बौद्ध समारोहमा ३८ वर्षीय नमाल राजपाक्षेलाई उम्मेदवार घोषणा गरेको हो।

एसएलपीपीका सचिव सागरा करियावासमले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी मनोनयनबारे भने, ‘सावधानीपूर्वक विचार गरेपछि पार्टीले नमाललाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ।’

पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेको कार्यकालमा नमालले खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका थिए भने उनको कार्यकाल सन् २०१५ जनवरीमा समाप्त भएको थियो।

उनका काका गोटाबय राजापाक्षे सन् २०१९ नोभेम्बरमा राष्ट्रपति पदमा बिजयी भएका थिए भने सन् २०२२ मा श्रीलङ्कामा चरम आर्थिक सङ्कटपछि उनलाई जनआन्दोलनको बलमा पदच्युत गरिएको थियो।

राजपाक्षेको चुनावी मैदानमा प्रवेशले चुनावअघि सरकारमा व्यापक विभाजनलाई औपचारिकता दिएको थियो। एसएलपीपीका अधिकांश विधायकहरूले पार्टीले आफ्नो नयाँ सहयोगी राष्ट्रपति रानिल विक्रमासिङ्घेलाई समर्थन गरोस् भन्ने चाहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय