काठमाडौं ।
चर्चित गायिका एलिना चौहानले अमेरिकामै गायक प्रताप दासलाई भाइटीका लगाएकी छिन्।
लामो समयदेखि अमेरिकामा उनीहरूबीच बढ्दो निकटता र टिकटक भिडियोहरूका कारण अफेयरको चर्चा चलेको थियो। तर अब एलिनाले प्रतापलाई सार्वजनिक रूपमा भाइटीका लगाएर ‘दाजुबहिनीको पवित्र नाता’ प्रमाणित गरेकी छिन्।
फेसबुकमार्फत लाइभ गरेर टीका लगाएको दृश्य देखाएकी एलिनाले टीकापछि भनेकी थिइन् —
“अब त तपाईंहरूको चित्त बुझ्यो होला नि! म बाँचुञ्जेल यस्तै अग्निपरीक्षा दिइराख्नु पर्ने पो रहेछ।”
उनले भिडियोसहित क्याप्सन लेखेकी छन् —
“दाजुबहिनीको पवित्र सम्बन्धमा पनि प्रमाण दिनुपर्ने हाम्रो समाज…”
एलिनाले टीका लगाउँदै प्रतापलाई उपहार दिइन् भने प्रतापले दक्षिणा दिएर ढोग गरेका थिए।
भाइटीकापछि धेरैले “अब बुझियो” भन्दै शुभकामना दिएका छन् भने कतिपयले अझै पनि “प्रियंका र आयुष्मानजस्तै नौटंकी हो” भन्दै टिप्पणी गरिरहेका छन्।




