latest
सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||    नेपाली काँग्रेस बाट निर्बाचित वडाध्यक्ष फौजदारी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुदा पनि पदासीन  ||   
मंगलबार , भाद्र ३१, २०८२

सन्नी लियोनीले ‘पोर्न’ भिडियो खेल्न छोडेको १५ वर्ष भइसक्यो । उनले सन् २०१२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘जिस्म २’बाट ठूलो पर्दामा डेब्यू गरेकी थिइन् ।

सन्नीका अनुसार उनी नयाँ परिचयका लागि ‘पोर्न फिल्म’बाट टाढिएर बलिउडमा आएकी हुन् ।

यस अवधिमा उनले आफूलाई सफल नायिकाका रुपमा स्थापित गरिसकेकी छन् । उनी आधा दर्जनभन्दा बढी हिन्दी फिल्म र केही टेलिभिजन शोमा निर्णायकको भूमिकामा देखिएकी छन् । अर्थात् बलिउडमा सन्नीको उपस्थिति अब बलियो भइसकेको छ ।

बलिउडमा जमेको लामो समय हुँदा पुरानो कामलाई लिएर ‘पोर्न स्टार’को ट्याग लगाउनु आफ्ना लागि आश्चर्यजनक भएको उनले बताएकी छन् ।

उक्त ट्यागबाट आफू टाढै रहन चाहेको उनले बताएकी छन् । भन्छिन्, ‘यो कुराले मलाई सताउँछ, तर म आफूलाई अगाडि बढाउने प्रयास गरिरहेकी छु।’

गलाटा इन्डियासँगको कुराकानीमा उनले दशकभन्दा पूरानो कामलाई लिएर अझै ‘पोर्न स्टार’को ट्याग लगाइदिनु चिन्ताजनक रहेको बताइन् ।

उनी थप्छिन्, ‘अब एडल्ट इन्डस्ट्रीको हिस्सा म छैन । डेढ दशक नै भइसक्यो । तर मानिसहरूले अझै पनि मलाई जोडेर यसबारे चर्चा गर्नु अचम्मको कुरा हो ।’

सुरुवाती दिनमा उक्त ट्याग लाग्नु सामान्य भए पनि अहिलेको अवस्थामा त्यही कुरा उचित नहुने उनको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय