कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ। आज नेपाली गोलभेँडाको मूल्य घटेको छ भने भारतीय गोलभेँडा महँगिएको छ।

त्यसैगरी, काउली, परबल, बोडी, ब्रोकाउली लगायतका तरकारी सस्ता भएका छन् भने लौका, करेला, फर्सी र आलुका मूल्य बढेका छन्। समितिका अनुसार, केही तरकारी भने हिजो अस्तीकै दरमा बिक्री भइरहेको छ।

गोलभेँडा सस्तो–महँगो फरक

आज कालीमाटीमा

ठूलो भारतीय गोलभेँडा प्रतिकिलो रू ६१

ठूलो नेपाली गोलभेँडा रू ४७

सानो लोकल गोलभेँडा रू २४

टनेलको सानो गोलभेँडा रू ४४
मा बिक्री भइरहेको छ।

हिजोको तुलनामा भारतीय गोलभेँडा ४ रुपैयाँले महँगिएको हो भने सानो लोकल गोलभेँडा करिब ९ रुपैयाँले सस्तो भएको छ।

बढेका तरकारीहरू

लौका: रू ८५

करेला: रू ९२

पाकेको फर्सी: रू ७०

रातो आलु: रू ६६
यी सबैको मूल्य हिजोको तुलनामा वृद्धि भएको हो।

घटेका तरकारीहरू

काउली: रू १२१ (हिजो १२५)

परबल: रू १०३ (हिजो ११०)

बोडी: रू १४५ (हिजो १५५)

ब्रोकाउली: रू २०० (हिजो २१२)

आजका केही प्रमुख मूल्य (प्रतिकिलोमा)
वस्तु न्यूनतम अधिकतम औसत मूल्य
ठूलो गोलभेँडा (भारतीय) ५५ ६५ ६१.४०
ठूलो गोलभेँडा (नेपाली) ४३ ५३ ४७.७५
रातो आलु ६५ ६८ ६६.६०
काउली स्थानीय ११५ १३० १२१.००
ब्रोकाउली १९० २१० २००.००
करेला ८५ ९५ ९२.००
लौका ८० ९० ८५.००
बोडी (तने) १४० १५० १४५.००
परबल (लोकल) १०० ११० १०३.००
प्याज (भारतीय) ३२ ३४ ३३.००

फलफूलतर्फ

फलफूलतर्फ पनि सामान्य उतारचढाव देखिएको छ।

स्याउ (फूजी): रू २७६

सुन्तला (भारतीय): रू १२५

अनार: रू ३४०

केरा (दर्जन): रू १२६

जुनार (नेपाली): रू २१६

बजार विकास समितिका अनुसार मौसम र आपूर्ति अनुसार मूल्यहरूमा दैनिक उतारचढाव भइरहने गर्छ। समितिले प्रत्येक बिहान ताजा मूल्यसूची प्रकाशन गर्छ, जसका आधारमा खुद्रा बजारले दर निर्धारण गर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय