कराँची ।पाकिस्तानका विभिन्न सहरमा दैनिक उपभोग्य तरकारी गोलभेँडाको मूल्य एक्कासी आकाशिएको छ। कराँची र इस्लामाबादका बजारहरूमा अहिले गोलभेँडाको खुद्रा मूल्य प्रतिकिलो ६०० देखि ७०० पाकिस्तानी रुपैयाँ पुगेको छ।

तरकारी व्यापारीका अनुसार आइतबार रातिसम्म कराँचीमा गोलभेँडाको थोक मूल्य ५५० रुपैयाँ प्रतिकिलो पुगेको थियो भने इस्लामाबादमा ५०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको थियो।

व्यापारीहरूका अनुसार मूल्यवृद्धिको मुख्य कारण अफगानिस्तान र इरानबाट आपूर्ति अवरोध हो। साथै बलुचिस्तानमा खेती घट्नु, पन्जाबमा आएको बाढी र लगातार वर्षाका कारण बाली नष्ट हुनुले पनि बजारमा अभाव सिर्जना गरेको बताइएको छ।

गोलभेँडासँगै अन्य तरकारीको मूल्य पनि उकालो लाग्दै गएको छ। पन्जाबका केही क्षेत्रमा आएको बाढीका कारण तरकारी ढुवानी प्रभावित भएको र तत्काल मूल्य घट्ने सम्भावना न्यून रहेको व्यापारीहरूको अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय