हङकङ, सोमबार — हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ। मृतक दुवैजना विमानस्थलमा कार्यरत ग्राउन्ड स्टाफ रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

दुबईबाट हङकङ आउँदै गरेको एमिरेट्स कार्गो उडान ईके९७८८ सोमबार बिहान स्थानीय समयअनुसार ३:४० बजे दुर्घटनाग्रस्त भएको हो। उक्त विमान टर्किस कार्गो एयरलाइन्सले सञ्चालन गरेको बोइङ ७४७-४८१ (Boeing 747-481) मोडेलको थियो।

विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएर ग्राउन्ड स्टाफको गाडीमा ठोक्किँदै समुद्रमा खसेको प्रारम्भिक विवरणमा जनाइएको छ। सोही क्रममा गाडी पनि विमानसँगै समुद्रमा खसेको थियो।

विमानमा रहेका चारै जना चालक दलका सदस्य भने सकुशल रहेका छन्। उनीहरूलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको हङकङ विमानस्थल प्राधिकरणले जनाएको छ।

विमानस्थल प्राधिकरणले दुर्घटनाबारे विस्तृत जानकारीका लागि आज बिहान १० बजे (स्थानीय समय) पत्रकार सम्मेलन गर्ने जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा दुर्घटनाको कारण वातावरणीय अवस्था र प्राविधिक त्रुटिसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ।

हङकङ विमानस्थलमा अहिले आपतकालीन सेवा टोली र प्रहरीको ठूलो फौज खटिएको छ भने, सो दुर्घटनाले केही अन्तर्राष्ट्रिय उडानमा असर पारेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय