ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–१, रातामकै चोकबाट जुवातास खेल्दै गरेको आरोपमा १० जना पक्राउ परेका छन्।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ निवासी जीवन थापाले सञ्चालन गरेको स्वाद रेस्टुरेन्टमा प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा शनिबार राति छापा मारेको थियो।

प्रहरीका अनुसार, पक्राउ परेकाको साथबाट ८ लाख ७५ हजार १८५ रुपैयाँ नगद र ८ बुक तास बरामद गरिएको छ।

पक्राउ पर्नेहरू कैलाली, ललितपुर, भक्तपुर, नुवाकोट, डोटी, काभ्रे, काठमाडौं र ओखलढुङ्गाका विभिन्न स्थानका रहेका छन्।

हाल उनीहरूलाई जुवातास (निषेध) ऐनअन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय