नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय युवा सङ्घले मोटरसाइकल स्कर्टिङ गरेर जावलाखेलसम्म पुर्याएकाे छ । जावलाखेल स्थित पार्टी प्यालेस (रामबाग महल)मा केन्द्रीय समितिकै बैठक बस्दै छ ।

गुण्डुबाट मोटरसाइकलमा स्कर्टिङ गर्ने कार्यक्रम तय भएसँगै ललितपुर प्रहरीले र्‍याली नगर्न आग्रह गरेको छ । जुलुस र र्‍याली नगर्न यसअघि नै जिल्ला प्रशासन कार्यालय मार्फत आग्रह गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए । उनले भने, ‘जुलुस नगर्नु भनेर यसअघि नै जिल्ला प्रशासन कार्यालयले आग्रह गरिसकेको छ ।’

जावलाखेल स्थित भनिमण्डलमा रहेको पार्टी प्यालेसमा बुधवार मध्यान्ह बैठक बस्ने भनिएको छ । केन्द्रीय समिति बैठक हुने स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय