latest
रुपन्देही क्षेत्र नं ३ मा उम्मेदवार बन्दैछन सागर ढकाल ?  ||    एमालेका नेताहरू आफैंलाई भन्न थाले ‘म झोले’  ||    एमालेकै सांसदले गरे पृथ्वीनारायण शाहको तस्बिर नोटमा राख्न गभर्नरसँग प्रस्ताब  ||    यी मन्त्रिहरु रेड जोनमा, कतिबेला कुर्सि चिप्लिने हो टुंगो छैन  ||    पठाओ, इन्ड्राभ, याङ्गो लगाएतले बढी पैसा मागे यो नम्बरमा कल गर्नुस ठाउको ठाउ कारबाही हुन्छ  ||    हनी ट्रयापमा पारेर करोडभन्दा बढी असुल्ने छातीमा टाटु हानेकी ताराविरुद्धको मुद्दा कोइरालाको इजलासमा  ||    बाढी-पहिरोले २ दिनमा ३२ जनाको मृत्यु, आसाममा मात्रै ७८ हजार मानिसको बिचल्ली  ||    ‘क्यास बटन’ थिच्न नमानेपछी…  ||   
सोमबार , जेठ २०, २०८२

बंगलादेशमा भएको ‘कु’ पछि भारत र बंगलादेशबीचको व्यापारमा मन्दी आउन थालेको छ। छिमेकी मुलुकमा जारी राजनीतिक सङ्कटका कारण दुई देशबीचको द्विपक्षीय व्यापार केही समयका लागि ठप्प भएको छ।
तर, छिट्टै स्थिति नियन्त्रणमा आउने र व्यापार पुनः सामान्य हुन सक्ने निर्यातकर्ताको अपेक्षा छ। उसो त बंगलादेशको समस्या राजनीतिक संकटमा मात्र सीमित छैन।

बंगलादेशमा विदेशी मुद्रा सङ्कटले पनि व्यापार गर्न समस्या भइरहेको निर्यातकर्ताहरू बताउँछन्।

बंगलादेशमा यसअघि नै डलरको चर्को अभाव भएकाले देशको आयात क्षमता प्रभावित भएको र भारतलगायत अन्य मुलुकबाट आयात घटेको हो।

बंगलादेश डलरको अभावले समस्यामा

बंगलादेश दक्षिण एसियामा भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। भारतका सबै छिमेकी राष्ट्रहरूमध्ये बंगलादेश दोस्रो स्थानमा छ।

तथ्याङ्कको हिसाबले २०२३/२४ मा भारतबाट बंगलादेशमा ११ अर्ब डलर निर्यात भएको थियो।

जुन २०२२/२३ मा १२.२१ अर्ब डलर थियो। योसँगै बंगलादेशबाट गत वर्ष १ अर्ब ८४ करोड डलरको आयात भएको थियो,भने दुई वर्षअघि २ अर्ब डलर रहेको थियो।

तर, जारी संकटका कारण सीमानाकाबाट मालसामानको आवतजावत ठप्प हुँदा तरकारी र फलफूललगायत नाश हुने वस्तुलाई सीमा पार गर्न कठिनाइ भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय