
नेकपा (एमाले) निकट अनेरास्ववियुले काठमाडौँका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध देशभरका प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेको छ।
अनेरास्ववियुकी उपाध्यक्ष अञ्जना सिवाकोटीका अनुसार देशभरका संगठन कमिटीहरूले मंगलबार एकैदिन जाहेरी दिएका हुन्।
जाहेरीमा भनिएको छ कि जेनजी आन्दोलनका क्रममा बालेन शाहको योजनामा आगजनी तथा तोडफोडका गतिविधि गराइएको थियो र सुदन गुरुङको समूहले त्यसलाई कार्यान्वयन गरेको हो।
संगठनले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छ।