latest
पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||    नेपाली काँग्रेस बाट निर्बाचित वडाध्यक्ष फौजदारी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुदा पनि पदासीन  ||    अभियन्ता आशिका तामाङ कारागार बस्नु नपर्ने, यस्तो छ कारण-  ||    सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन कैद सजायको फैसला  ||    ललितपुरबाट पक्राउ परेका युवाको साथमा झन्डै करोड रुपैया, गर्दा रहेछन् यस्तो काम  ||    प्रकाश भुजेलको जस्तो नक्कली डाक्टरी सर्टिफिकेट ५६ हजारमै किन्न पाइन्छ  ||   
मंगलबार , भाद्र ३१, २०८२

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देशबाट भागेपछि उनको सरकारी निवासमा पसेका प्रदर्शनकारीले सबैथोक लुटेका छन् ।

उनीहरूले हसिनाको सरकारी निवासबाट उनको साडीसमेत लगेका छन् । सरकारी निवासबाट कपडा, पंखा, माछादेखि अरु सबै सामान लगिएको हो ।

बंगलादेशमा सोमबार ४ लाख प्रदर्शनकारी प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै सडकमा उत्रिएका थिए । दिउँसो हुँदै जाँदा हसिनाले राजीनामा दिइन् । आइतबार ९३ प्रदर्शनकारी मारिएपछि सोमबार प्रदर्शन झन् ठूलो भएको थियो । त्यसपछि हसिनाले राजीनामा दिएर भारततिर लागिन् ।

समाचारअुनसार शेख हसिनाले सोमबार देश छाड्नुअघि सम्बोधन गर्न चाहेकी थिइन् । तर सेनाले उनलाई ४५ मिनेटमा देश छाड्न समय दिएको थियो । उनले त्यहीकारण उनले देश छाड्नुअघि सम्बोधन रेकर्ड गर्न पाइनन् । अहिले उनी भारतमा छिन् ।

सोमबारसम्म रहेको प्रधानमन्त्रीको निवासको गेट फुटाएर प्रदर्शनकारी पसेका थिए । जहाँ लुट मच्चियो । हसिनाको साडीसम्म लगेका एक प्रदर्शनकारीले आफैं पहिरिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय