५ करोड अमेरिकी डलर — हो, यति ठूलो रकम अब तपाईंले पाउन सक्नुहुन्छ, यदि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गराउन सहयोग गर्नुभयो भने।

अमेरिकी प्रशासनले मादुरोलाई “विश्वका सबैभन्दा ठूला लागूपदार्थ तस्करमध्ये एक” भनेर आरोप लगाउँदै उनलाई पक्रन मद्दत गर्ने व्यक्ति वा समूहलाई पहिलेको २५ मिलियन डलरको इनाम दोब्बर गरेर ५० मिलियन डलर पुर्‍याएको हो।

अमेरिकाका महान्यायाधिवक्ता पाम बोन्डीका अनुसार मादुरो प्रत्यक्ष रूपमा लागूपदार्थ तस्करीमा संलग्न छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मादुरोका कडा आलोचक रहँदै आएका छन्।

गत जनवरीमा भएको विवादास्पद चुनावपछि मादुरो पुनः सत्तामा फर्किएका थिए, तर उनको यो पुनरागमनलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा अस्वीकार गरेको थियो।

यसैबीच, भेनेजुएलाका विदेश मन्त्री इभान गिलले अमेरिकाको यो कदमलाई “अर्थहीन” र “राजनीतिक प्रचार” मात्र भएको दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय