latest
सोमबार , भाद्र १६, २०८२

भारतको उत्तर प्रदेशस्थित अमेठी जिल्लामा एक अनौठो घटना सार्वजनिक भएको छ। भैंसीको आक्रमणबाट एक चितुवाको मृत्यु भएको हो।

घटना शनिबार राति मुसाफिरखाना प्रहरी चौकी क्षेत्र अन्तर्गतको गाउँमा भएको हो। वन्यजन्तु चितुवा गाउँको खोरमा पसेर पाडोमाथि आक्रमण गरेपछि नजिकै रहेका भैंसीहरूले प्रतिकार गर्दै चितुवामाथि सामूहिक आक्रमण गरेका थिए।

स्थानीय स्रोतका अनुसार, भैंसीको टोकाइ र हानाहानबाट घाइते चितुवा केहीबेरमै भाग्यो। तर घाइते अवस्थामा केही टाढा पुगेपछि चितुवाको मृत्यु भएको अवस्थामा शव फेला परेको हो।

उक्त चितुवा केही दिनयता भैंदपुर र बिराईपुर गाउँका बासिन्दामाझ त्रासको कारण बनेको थियो।यसअघि पाँच जना मानिसमाथि आक्रमण गरी घाइते बनाएको चितुवा समात्न वन विभाग, प्रहरी र प्रशासनको संयुक्त टोली सक्रिय थियो।

चितुवा नियन्त्रणका लागि गाउँमा पासो र पिजडा जडान गरिएको थियो। तर, नियन्त्रणमा लिनुअघि नै चितुवा गाउँले भैंसीहरूको आक्रमणमा परी मारिएको हो।

यो घटना मानव बस्तीमा बन्दै गएको वन्यजन्तु–मानव द्वन्द्वको ज्वलन्त उदाहरण बनेको छ। वन्यजन्तुहरू बासस्थान गुमाउँदै बस्तीमा आउन थालेका कारण अघोषित संघर्ष दिनप्रतिदिन चर्कँदो देखिएको छ।

वन विभागले घटनाको अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय