
राजधानीको महाराजगञ्जस्थित एक निजी होटलमा बुधबार राति भएको जन्मदिन पार्टीले रातारात समाचारको रूप लिएको छ। गुण्डा नाइकेको छवि बनाइसकेका मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ को जन्मदिन पाटीले प्रहरीको ‘गुण्डा नियन्त्रण अभियान’लाई पुनः सक्रिय बनाएको छ।
बुधबार राति झण्डै ४७ जना पार्टी मनाइरहेका बेला प्रहरीले छापा मारेको थियो। त्यसमध्ये १९ जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ भने २८ जनालाई स्क्रिनिङपछि रिहा गरिएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई ७ दिनको म्याद थप दिएपछि पक्राउ परेकाहरूमाथि अब अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइनेछ।
एसपी कुलदिप चन्द का अनुसार पक्राउ परेकामध्ये कतिपय होटलका ग्राहक र केही असंलग्न व्यक्ति पनि थिए, जसलाई प्रारम्भिक सोधपुछपछि छाडिएको हो।
हिरासतमा परेका १९ व्यक्तिको सूची यस्तो छ:चक्रे मिलन (मिलन गुरुङ),गणेशबहादुर बोगटी,निराजन पौडेल,रोशन सुवेदी,राजेश खड्का,सन्दीप केसी,राहुल खड्का,यामु पौडेल,सौरभ सुनार,डिल्लीराज कँडेल,ऋतिक लामा,चन्द्रदेव कार्की,जीतबहादुर लामा
,प्रकाश गोले,अमिर आले मगर,उत्तम महर्जन,प्रनिश केटल,राजु परियार ,सफल शाही