latest
बुधबार राति करिब १० बजे २२ वर्षीया श्रीमतीको हत्या  ||    चक्रे समूहको साथबाट दुईवटा खुकुरी, फोल्डिङ रड र पेपर स्प्रे बरामद  ||    बिहान पशुपतिमा पैसा बाँडे, साँझ प्रहरी फन्दामा परे, टिकटकमा यस्तो भिडियो हालेपछि निगरानीमा थिए चक्रे  ||    चक्रे मिलनलाई हिजो पक्राउ नगरेको भए एलओडीमा हुन सक्थ्यो ठुलो झडप  ||    यसरि एकैरातमा गुण्डा नाईके चक्रे मिलन सहित ४७ जना गुण्डा पक्राउ परे  ||    भोलि देखि देशभरि भारि बर्षा हुने  ||    Breaking: काठमाडौँमा ‘गुण्डा अपरेसन’: चक्रे मिलनसहित ४७ भन्दा बढी गुण्डा पक्राउ  ||    इन्काउन्टरमा मारिने डरले बुलेटप्रुफ ज्याकेट, कोई बोल्योकी गोदी हाल्ने  ||   
शुक्रबार , साउन १७, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना उच्च पदस्थ नेता तथा पूर्वपदाधिकारीहरूविरुद्ध मानव तस्करीको आरोपसहित जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको छ। उजुरी सिन्धुली निवासी युवराज पौडेल ‘सफल’ले हुलाकमार्फत पठाएका हुन्।

पौडेलले उजुरीमा प्रधानमन्त्री ओलीसहित हालका गृहमन्त्री रमेश लेखक, उपसभामुख इन्दिरा राना, पूर्वगृहमन्त्रीहरू बामदेव गौतम, कृष्ण सिटौला, भीम रावल, विजयकुमार गच्छदार, शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधी, बालकृष्ण खाण, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालको नाम उल्लेख गरेका छन्।

उनले पदको दुरुपयोग गर्दै मानव तस्करीमा संलग्न भएको आरोप लगाउँदै सम्बन्धित सबैलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

यसअघि पनि पौडेलले प्रधानमन्त्री ओलीसहित केही नेताहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए।

यद्यपि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले उजुरी प्राप्त भए पनि औपचारिक रूपमा दर्ता गर्ने अवस्था नरहेको जानकारी दिएका छन्।

घटनाले राजनीतिक वृत्तमा चर्चा बटुलेको छ, भने आरोपित व्यक्तिहरूको पक्षबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय