latest
बुधबार राति करिब १० बजे २२ वर्षीया श्रीमतीको हत्या  ||    चक्रे समूहको साथबाट दुईवटा खुकुरी, फोल्डिङ रड र पेपर स्प्रे बरामद  ||    बिहान पशुपतिमा पैसा बाँडे, साँझ प्रहरी फन्दामा परे, टिकटकमा यस्तो भिडियो हालेपछि निगरानीमा थिए चक्रे  ||    चक्रे मिलनलाई हिजो पक्राउ नगरेको भए एलओडीमा हुन सक्थ्यो ठुलो झडप  ||    यसरि एकैरातमा गुण्डा नाईके चक्रे मिलन सहित ४७ जना गुण्डा पक्राउ परे  ||    भोलि देखि देशभरि भारि बर्षा हुने  ||    Breaking: काठमाडौँमा ‘गुण्डा अपरेसन’: चक्रे मिलनसहित ४७ भन्दा बढी गुण्डा पक्राउ  ||    इन्काउन्टरमा मारिने डरले बुलेटप्रुफ ज्याकेट, कोई बोल्योकी गोदी हाल्ने  ||   
शुक्रबार , साउन १७, २०८२

रुसको सुदूरपूर्वी क्षेत्र कामचटका प्रायद्वीप नजिकै ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार भूकम्प बुधबार बिहान ८:२५ बजे स्थानीय समयअनुसार गएको हो।

भूकम्पपछिको जोखिमलाई मध्यनजर गर्दै अमेरिकादेखि जापानसम्मका प्रशान्त तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। जापानको मौसम विज्ञान एजेन्सीले देशको प्रशान्त तटीय क्षेत्रमा १ मिटर (करीब ३.२ फिट) सम्मको छाल आउन सक्ने जनाउँदै सतर्क रहन आग्रह गरेको छ।

जापानको एनएचके टेलिभिजनले जनाएको अनुसार भूकम्पको केन्द्र जापानको सबैभन्दा उत्तरी टापु होक्काइडोबाट करिब २५० किलोमिटर टाढा रहेको थियो। त्यहाँ भूकम्पको झट्का हल्कासँग मात्र महसुस गरिएको जनाइएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र १९.३ किलोमिटर गहिराइमा रहेको थियो। यद्यपि, हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

सुनामी खतरा भएकाले तटीय क्षेत्रका नागरिकहरुलाई सुरक्षित स्थानमा सर्न सर्तकता अपनाउन आग्रह गरिएको छ। यसले होक्काइडो, तोहोकु, कान्टो र वाकायामा क्षेत्रमा असर पार्न सक्छ ।

विस्तृत जानकारीका लागि सम्बन्धित निकायहरू निरन्तर निगरानीमा छन्। यो भूकम्प सन् २०११ को जापानको ९.० म्याग्निच्युडको भूकम्पपछिको सबैभन्दा शक्तिशाली मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय