latest
बुधबार राति करिब १० बजे २२ वर्षीया श्रीमतीको हत्या  ||    चक्रे समूहको साथबाट दुईवटा खुकुरी, फोल्डिङ रड र पेपर स्प्रे बरामद  ||    बिहान पशुपतिमा पैसा बाँडे, साँझ प्रहरी फन्दामा परे, टिकटकमा यस्तो भिडियो हालेपछि निगरानीमा थिए चक्रे  ||    चक्रे मिलनलाई हिजो पक्राउ नगरेको भए एलओडीमा हुन सक्थ्यो ठुलो झडप  ||    यसरि एकैरातमा गुण्डा नाईके चक्रे मिलन सहित ४७ जना गुण्डा पक्राउ परे  ||    भोलि देखि देशभरि भारि बर्षा हुने  ||    Breaking: काठमाडौँमा ‘गुण्डा अपरेसन’: चक्रे मिलनसहित ४७ भन्दा बढी गुण्डा पक्राउ  ||    इन्काउन्टरमा मारिने डरले बुलेटप्रुफ ज्याकेट, कोई बोल्योकी गोदी हाल्ने  ||   
शुक्रबार , साउन १७, २०८२

काठमाडौं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले घट्दो जन्मदरको समस्याको सामना गरिरहेको छ। यसको सामना गर्न चीनले एकभन्दा बढी बच्चा जन्माउँदा अनुदान दिने घोषणा गरेको छ।

चीनले अब तीन वर्ष मुनिका बालबालिकाका लागि अभिभावकलाई हरेक वर्ष प्रति बच्चा ३६०० युआन (लगभग ७० हजार रूपैयाँ) वार्षिक अनुदान दिनेछ। यो अनुदान तीन बच्चाहरूको लागि १० हजार ८०० युआन सम्म प्राप्त गर्न सकिन्छ।

सरकारले एउटा बच्चाको लागि ३६०० युआन ३ वर्षसम्म दिनेछ । अर्थात अभिभावकले एउटा बच्चा जन्माउँदा ३ वर्षमा १० हजार ८०० युआन पाउनेछन् । ३ बच्चा जन्माउँदा यो तीन गुणा बढी हुनेछ ।

चीनमा जन्मदर बढाउन सोमबार यो नीति घोषणा गरिएको हो। सरकारी सञ्चारमाध्यमका अनुसार चीनको यो नीतिले लगभग २ करोड परिवारलाई आफ्ना बच्चाहरूको पालनपोषणमा मद्दत गर्नेछ।

जन्मदर बढाउन चीनले लगभग एक दशकअघि एक सन्तान नीति अन्त्य गरिसकेको छ। त्यसपछि पनि जन्मदर घट्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय